काठमाडौंमा शुक्रबारदेखि बुधबारसम्म चलेको २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म चलेको २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ । १ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो । प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई (टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्या्निक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए । विगतका केहि प्रदर्शनीमा विद्युतीय सामग्री किनबेचलाई प्राथमिकता दिएको भन्दै आलोचना भएपछि क्यान महासंघले यसपटकदेखि नयाँ प्रविधिको प्रदर्शनी र ज्ञान आदानप्रदानलाई विशेष जोड दिएको छ ।
यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मूख्य सहरमा विस्तार गर्ने योजना अन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।
एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको थियो भने भ्वाइस कल र डाटा प्याकमा आकर्षक अफर समेत दिएको थियो। यस्तै इन्टरनेट सेवाप्रदायक वल्र्ड्लिंक, सुविसु, भायनेटलगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि विभिन्न प्याकेजहरु दिएका थिए । मोबाईल, एसेसरिजलगायतका सामानमा बिभिन्न ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न अनेक छूट तथा अफरहरु राखेको र ५० प्रतिशतसम्म छूट दिएको काइट्स मोबाइल, कोटेश्वरका सञ्चालक नविन वास्तोलाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्