सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

कञ्चनपुर – कञ्चनपुरमा अवस्थित सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
जिल्लाको बेदकोट नगरपालिकामा अवस्थित बहुउद्देश्यीय सहकारी संस्थाले छोटो समयमा आफ्ना सदस्यहरुलाई एकिकृत गरि सुविधा दिएको छ । सहुलियत दरमा कर्जा दिन र पैसा जम्मा गर्न टाढा जानु पर्ने झमेलाबाट यस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ग्रामिण देखि शहरसम्मका कञ्चनपुरका सदस्यहरुलाई जोड्न सफल भएको हो ।

संस्थाका अध्यक्ष नरेन्द्र चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री मान बहादुर सुनार रहनु भएको थियो ।
सोही अवसरमा सुदूरपश्चिम प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री सुनारले सहाकारीलाई पनि अझ सुविधा समपन्न र सबैको पहुँचमा पुर्याउन आफुले सक्दो सहायोग गर्न बताएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्