दार्चुला बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सव सम्पन्न

दार्चुला – सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको दार्चुला बहुमुखी क्याम्पसले १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बुधबार क्याम्पस प्रांगणमा एक समारोहकाबीच १६ औँ वार्षिकोत्सव तथा वार्षिक मुखपत्र ’स्पन्दन’ लोकार्पण भव्य रुपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्णसिंह साउँदले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनहरुमा बदलिदो परिवेशलाई ध्यान दिएर पर्यटन, कृषि विज्ञान, जडिबुटी विज्ञान, ईन्जिनियरिङ, वन विज्ञान, सूचना प्रविधि, र कम्प्युटर विज्ञान जस्ता विषय र कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख साउँदको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला जोशी, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखहरु, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख, नेपाली काङ्ग्रेस र नेकपाका प्रतिनिधिहरु, नेपाल पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष, प्राध्यापक सङ्घका सभापति, पत्रकारहरु, प्राध्यापक, कर्मचारी, स्वबियू प्रतिनिधि, अनेरास्वबियू अध्यक्ष, नेबि सङ्घका सभापति, स्टुडेन्ट क्वालिटि सर्कलका अध्यक्ष लगायत बिद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो ।

यसैबीच क्याम्पसले उत्कृष्ट कार्यसम्पादन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरेको छ । क्याम्पसको स्थापनामा योगदान पुर्याएको भन्दै संस्थापक प्राध्यापक भरत बहादुर कुवर, वाणिज्य संकार्यतर्फ प्राध्यापन गर्दै आउनुभएका उपप्राध्यापक मदनसिह कार्की र स्थापनादेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनुभएका कर्मचारी जगतसिह ऐरीलाई क्याम्पसले सम्मान गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्