किर्तिपुरको जंगलमा विद्यार्थीको शव भेटियो, शव बारे प्रहरीको अनुसन्धान जारी

सांकेतिक तस्बिर

काठमाण्डौ – काठमाण्डौ मेडिकल कलेजमा एमबीबीएस पढिरहेका एक युवक कीर्तिपुरको जंगलमा मृत भेटिएका छन् ।

अर्घाखाँची स्थायी घर भएका २४ वर्षीय शिशिर खनालको शनिबार दिउँसो कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा शव भेटिएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

काठमाडौ मेडिकल कलेजमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत खनाल गएको १७ गतेदेखी सम्पर्क्विहीन भएपछि खोजी गर्ने क्रममा आज शव भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतक खनाल डिप्रेसनको रोगी रहेको र औषधि सेवन गरिरहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

फेला परेको शव सडेको अवस्थामा भेटिएको र हत्या वा आत्महत्या के हो भन्ने पोष्टमार्टमपछि मात्र यकिन हुने प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्