१ लाख रुपैयाँ घुससहित इन्जिनियर सुरेशराज भट्ट पक्राउ

काठमाडौं – १ लाख रुपैयाँ घुससहित इन्जिनियर सुरेशराज भट्ट पक्राउ परेका छन् ।

जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख भट्ट १ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

चमेलिया नदी नियन्त्रण तथा तटवन्धन आयोजना उपभोक्ता समितिसँग उक्त रकम घुस लिँदै गर्दा भट्ट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

चमेलिया नदी नियन्त्रण तथा तटवन्धनका लागि आयोजना पारिदिए वापत उपभोक्ता समितिका पदाधिकारीसँग घुस मागेको सूचनाको आधारमा इन्जिनियर भट्टलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

इन्जिनियर भट्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्