लोकतन्त्रको मुटु भनेकै निर्वाचन हो : प्रधानमन्त्री ओली

rf}yf] lgjf{rg lbj; sf7df8f}F, & kmfu'gM k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}Fsf] sflGtkyl:yt lgjf{rg cfof]udf cfof]lht rf}yf] lgjf{rg lbj;sf] d"n ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

काठमाडाै  –  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा बुधबार आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उहाँले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

‘निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्छ’ भन्दै प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गर्नुभयो । अबका दिनमा हामीले खर्च गर्न नपर्ने निर्वाचन, पारदर्शी निर्वाचन, पारदर्शी स्रोतको व्यवस्था गर्नेतर्फ ध्यान जान जरुरी रहेको बताउँदै उहाँले निर्वाचनको व्यस्तता नभएको अहिलेको समयमा आयोगलाई यस्ता विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो ।

आगामी निर्वाचनलाई कसरी राम्रो, कम खर्चिलो र सहभागिता बढाउने, जनताको हित र भावनाको बढी भन्दाबढी प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विधिकाबारे छलफल चलाउन पनि प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पु¥याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासका सबै कालखण्ड र राजनीतिक उपलब्धिका रुपमा मुलुृकले अङ्गीकार गरेको शासन प्रणालीका आधारमा संविधान र कानूनअनुरुप निर्वाचनका माध्यमबाट वैधानिकता प्रदान गर्न आयोगबाट निष्पक्ष ढङ्गबाट काम हुँदै आएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्