एमसीसी शीघ्र अनुमोदन गर्न आग्रह

मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।

‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ,’ भेटमा मन्त्री शर्माको भनाइ उद्धृत गर्दै अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष फतिमाको टोलीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्