एमाले स्थायी कमिटी बैठक बस्दै, संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ । एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ ।

यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ । सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् ।

स्थायी कमिटी बैठकले यसबारे गम्भीर समिक्षा गरेर अगामी रणनीति बनाउने तामाङले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्