अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ ।

सिन्ह्वाका अनुसार शुक्रबार बिहान दुई नेताहरूबीच टेलिफोनमा कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना देशहरूको स्वार्थ मिल्ने र सिद्धान्त र विचार फरक पर्ने क्षेत्रहरूका बारेमा कुरा भएको जनाएको छ ।

गत सात महिनायता विश्वका यी दुई शक्तिशाली राष्ट्रका नेताहरूबीच प्रत्यक्ष कुराकानी भएको थिएन । बाइडेनले गत जनवरीमा अमेरिकी राष्ट्रपतिको सपथ लिएका थिए । पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ भने साउथ चाइना सीबारे पनि दुई देशबीच मतभिन्नता बढ्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्