बैठक र भ्रमण खर्चमा १० प्रतिशत कटौती गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताएका छन् ।

यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको बताए । उनले हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड खोप भित्रिने क्रममा रहेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्