इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

FILE PHOTO
इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आज बिहान टाङे¥याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो जेलको ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी बसेका थिए ।
आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो । घटनामा अन्य दर्जनौं घाइते भएका छन् भने केही गम्भीर घाइते भइ आईसीयूमा उचारत् छन् ।
आगलागी सर्ट सर्किट भएको हुनसक्ने आशंका गरिएपनि इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले आगलागी हुनुको कारणबारे पुष्टि हुन बाँकी रहेको थप अनुसन्धान भइरहेको बताएका छन् । २,००० कैदीहरु रहेका सो भवनको सुरक्षाका लागि १५ गार्ड मात्र ड्यूटीमा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्