नेकपा एमालेको नाराबाजी पछि संसद १५ मिनेटका लागि स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ ।

एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ । पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन् । सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन् । माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् । सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउन गरेका छन् । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्