बालबालिकाको अवस्था विश्लेषण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

कैलाली – गौरीगंगा नगरपालिका स्तरमा बालबालिकाको स्थानीय अवस्था विश्लेषण प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । बाल मौत्रि नगरपालिका बनाउन बालबालिकाको क्षेत्रमा देखिएका समस्या चुनौती र पालिका तहमा संचालन गर्ने योजना निर्माणका लागि कार्यक्रम गरिएको हो ।

नगरपालिका भित्रका सम्पूर्ण वडामा अभिभावक, बालबालिका र जनप्रतिनिधि बिचमा गरिएको सर्वेक्षणमा बालबालिकामा देखापरेका समस्याको न्यूनीकरणका योजना तय गर्न कार्यक्रम गरिएको थियो । नगरपालिकामा बाल बिबाह, लागू पदार्थ दुर्व्यसन, बाल श्रम शोषण र सकारात्मक अभिभावकत्व अभावले बालबालिकाको संरक्षणमा चुनौती रहेको पाईएको छ ।

कार्यक्रमसमापन गर्दै नगर उप-प्रमुख अंचला चौधरीले पालिका तहबाट गर्नुपर्ने काम संघ संस्थाको सहयोग समन्वयमा योजना निर्माण कार्य भैरहेको र संचालन तथा कार्यान्वयनमा लौजान सम्बन्धित शाखाले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकि छिन । बाल कल्याण संघ टिकापुर र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारी र गौरीगंगा नगरपालिकाको आयोजनामा भएको दुई दिने कार्यक्रममा बालकल्याण संघका बाल संरक्षण अधिकृत पदम राज भट्टले सहजिकरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्