दार्चुला घटनाको विषयमा नेपाल सरकारले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं – दार्चुला घटनाको बारेमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । घटना भएको झण्डै दुई महिनापछि सरकारले कुटनीतिक नोट पठाएको हो ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्