नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’ का रुपमा प्रचार गरिने

काठमाडौं – नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने भएको छ ।
सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्न लागेको हो । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल गरेको थियो ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्रा्ष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्