प्रजातन्त्र दिवसमा यसरी मनाइदै छ, हेर्नुहोस् कार्यक्रम तालिका

काठमाडाैँ  –  भोली बुधबार फागुन ७ अर्थात प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

२००७ साल फागुन ७ गते १०४ वर्षे जहानीया राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना भएको खुसीयालीमा हरेक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइदै आएको छ । ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजधानी काठमाडौमा विभिन्न कार्यक्रमको आयोजना गरिदै छ । सैनिक मञ्च टुडिखेलमा विहान ८ः२० बजे देखि कार्यक्रम सुरु हुने गृहमन्त्रालयले सूचना जारी गर्दै जानकारी दिएको छ । कार्यक्रममा विभिन्न संस्कृति झल्किने झाँकीहरु, नेपाली सेनाको कला प्रदर्शन लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाहरु गरिनेछ । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवस मुल समितिले ८ः२० बजे सम्पूर्ण नागरिकहरुालई सैनिकमञ्च टुडिखेलमा उपस्थित हुन आह्वान समेत गरेको छ ।

 

 

 

Program_final_compressed

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्