CORONA

स्ववियु चुनाव अनिश्चितकालकालागि स्थगित

काठमाडौं – आगामी फागुन १४ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वा्चित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्