संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन ।
उहाँले भन्नुभयो

” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी,

अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू ।

चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू ।

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।

इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद “।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्