अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको सबै सेवा सुविधा प्राप्त गर्ने

पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए ।
१९ असोजमा पक्राउ परेका पूर्व सभामुख महराले सोमबार सफाइ पाए सँगै डिल्लीबजार कारागारबाट सोमबार उनी छुटेका थिए ।
काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको थियो । जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको जानकारी बैठकलाई गराएका छन । योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो ।अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्