सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको छ भने कारोबार पनि बढेको छ ।

कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउन र निषेधाज्ञाले सुनको कारोबार घटेको थियो। तर तीज नजिकिएकाले अहिले भने सुनको कारोबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्