आमा

मरो पहिलो भगवान अनि जन्म दिने जन्मदाता मेरि आमा हुन,
नौ महिना गर्भमा राखि पीडा सहने मेरी आमा हुन ।

शिशिरको जाडो अनि थोत्रो लुगा संगै खालि खुट्टा हिडने गर्छिन,
आफ्ना दुख छोडि सन्तानका लागि नयाँ लुगा ल्याउने मेरी आमा हुन ।

सभ्य अनि सालिन अरुको दुखमा साथ दिन सिकाउने मेरी आमा हुन,
अरुको दु:ख पनि आफ्नै ठानेर साथ सहयोग गर्न सिकाउने मेरी आमा हुन,

नुन सँगै मकैको रोटि खाएर हास्ने गर्छिन,
नाम ईनाम ईज्जतमा बस्न सिकाउने मेरी आमा हुन।

 

अनिल परियार (नानु)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्