चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ ।
सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा ५ जनाको ज्यान गएको हो । १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।

गएको १४ फेब्रअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका १ हजार ७ सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो ।
गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेको पनि समाचार संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्