तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको कण रहेकोले मास्क लगाउन डाक्टरहरुको आग्रह

आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा तुवाँलो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन ।
यसैगरी भोलि बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने छ । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ । मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन् । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको छ ।
तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क लगाउन डाक्टरहरुले आग्रह गरेका छन् । बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्