एकदिवसीय वरीयतामा नेपालकाे एक स्थान प्रगति

एकदिवसीय वरीयतामा नेपालले एक स्थान प्रगति गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ मा नेपालले चार खेलमा दुईमा जित निकालेको थियो ।

नेपालले अमेरिकालाई दुई पटक हराउँदा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरीयतामा नेपालले १२ खेलमा २० अङ्क पाएको छ । नेपालभन्दा तल नामिबिया, यूएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्