अपडेट छैनन् जिसस र स्थानीय तहका वेबसाइट, बैतडीको सुर्नया गापाको वेबसाइट नै खाली

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहका वेवसाइटहरु अपडेट नुहुने र कुनै स्थानीय तह वेवसाइट समयमै सूचना अपडेट गर्न नसक्ने गरेको भेटिएको छ ।
बैतडीको सुर्नया गाउँपालिकाको वेवसाइटमा अहिलेसम्म कुनै डाटा राखिएको छैन । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य जनप्रतिनीधि तथा कर्मचारीहरुको सम्पर्क नम्बर, अन्य विवरण सहित स्थानीय तहको सूचना, विज्ञापन लगायत कामकारवाही अपलोड गरिनुपर्ने ठाउँमा वेवसाइट नै खाली भएपछि गाउँपालिकावासी सूचना पाउन बाट बञ्चित नहोला भन्न सकिदैन ।
वेवसाइटमा कार्यालय प्रमुख तथा अन्य कर्मचारी कसैको पनि नामावली छैन । अधिकांश कार्यालय तथा स्थानीय तहका वेवसाइटमा कार्यालय प्रमुख र सूचना अधिकारीको तथा कर्मचारीको विवरण राखिएको छैन् भने सरुवा भएर गएका र आएका प्रमुखको जानकारीसमेत अपडेट छैन ।
नागरिकलाई सुचनाको सहजका लागि स्थानीय तह तथा सरकारी कार्यालयहरुले आ–आफ्नै वेबसाइट सञ्चालन गरेपनि ति वेबसाइटहरु अपडेट हुन नसक्दा नागरिकहरुलाई सुचना पाउन असहज भएको छ । प्रबिधिको विकाससंगै सबै सुचनाहरु वेबसाइटबाटै सजिलै प्राप्त गर्न सकिन्छ तर सरकारी कार्यालयले आफ्ना गतिबिधि तथा सुचनाहरु वेबसाइटमा अपडेट नगर्दा नागरिकहरुले सुचना पाउन नै नसक्ने अबस्था छ ।
सबै स्थानिय तहहरुले बिभिन्न कारणले आफ्ना वेइबसाइटहरु अपडेट हुन नसकेको बताएका छन् । वेबसाइट अपडेटका लागि छुटै कर्मचारीको पनि व्यबस्था गरिएको हुन्छ । सुचनाहरु अपडेट गर्नकै लागि भएपनि इन्टरनेट भएको ठाउ खोज्नुपर्ने र सबै ठाउमा इन्टरनेटले काम नगर्ने हुँदा सुचना तथा विज्ञापन अपडेट गर्न आफुहरुलाई धेरै नै समस्या भएको केही कर्मचारीहरुले बताएका छन । यसैगरी जिल्ला समन्वय समितिहरुको वेवसाइटमा समेत सरुवा भएर गएका कर्मचारीको नामावली अपडेट रहेको छ । जसमा जिल्ला समन्वय समिति दार्चुलामा जिल्ला समन्वय अधिकारीको रुपमा शाखा अधिकृत मोहनसिँह धामीले जिम्मेवारी सम्हालेपनि वेवसाइटमा कमल बहादुर थापाको नाम राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्