विकास निर्माणका समाचार भन्दा पनि बासुरी बजाएको समाचार मिडियाको प्राथमिकतामा : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले भ्रम फैलाउने काम गरेको गुनासो गर्नुभएको छ । सोमबार बिहान काठमाण्डौमा जमिन मुनी तार बिछ्याउने कामको सुरुवात गर्दै उहाँले मिडियाहरुले तुईन विस्थापित गरेको समाचारलाई भ्रम फैलाउने काम गरेको गुनासो गर्नुभएको हो ।
उहाँले व्यंग गर्दै भन्नुभयो मिडियाहरुले बाँसुरी बजाएको समाचार तथा तस्बिर भाइरल गर्नुभयो तर तुइन विस्थापित गरेको समाचारलाई भने भ्रम फैलाउने मात्र काम गरेको छ ।
यतिको संख्यामा तुइन विस्थापित भएको फोटो नखिचिरे दार्चुला गएर एक दुई तुइनको फोटो खिचिरे सञ्चार माध्यममा भ्रम फैलाउन मिडिया अग्रसर रहेको पनि प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्