सीटीईभीटीका ६ प्राविधिक कार्यक्रम सहित यी विषयको पढाई हुन्छ लटिनाथ मावि चौपातामा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ माध्यमिक विद्यालयमा सिटिईभीटीका ६ वटा कार्यक्रमको पढाई हुने गरेको छ ।
सीटीईभीटी अन्तगतका १८ महिने कृषि जेटिए, १८ महिने भेटरिनरी जेटिए, १८ महिने सिभिल सव–ओभरसियर, ३६ महिने बालि विज्ञान डिप्लोमा, ३६ महिने भेटरिनरी डिप्लोमा, ३६ महिने वन विज्ञान डिप्लोमाको पढाई हुने गरेको विद्यालयका प्रधानाध्यापक केशवराज विष्टले जानकारी दिए । सीटीईभीटीले भर्ना प्रक्रियाको लागि सूचना प्रकाशन गरे लगत्तै यी विषयहरु पढाईका लागि विद्यार्थीहरुको भर्ना गरिने समेत उनको भनाई छ ।

कोरोना भाईरसको महामाकारीका कारण सबै क्षेत्रमा भएको आर्थिक मन्दिलाई मध्यजनर गर्दै विद्यालययले सिटिईभिटिका कार्यक्रमहरु छनोट गर्दा २७.५ प्रतिशत शुल्क मिनाहा गर्ने निर्णय गरेको प्रधानाध्यापक विष्टले जानकारी दिए । उनले भने, ‘
सिटिईभिटिका कार्यक्रमहरु छनोट गर्दा कोभिडका कारण अभिवावकहरुको आर्थिक मन्दि बाधक नहोस भनि हाम्रो बिधालय श्री लटिनाथ नमुना मा. बि चौपाता दार्चुलाले शुल्कहरुमा २७.५% सम्म शुल्क घटाउने निर्णय गरेको हो ।’

प्रधानाध्यापक विष्टका अनुसार कक्षा ११ र १२ मा विज्ञान र शिक्षा विषयको पढाई हुँदै आएको छ । यस वर्षबाट थप मानविकी र व्यवस्थापन विषयको पढाई समेत संचालन हुने प्रधानाध्यापक विष्टले बताए । ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदानको लागि यस विद्यालयले अहम् भूमिका खेलिरहेको विष्टको भनाई छ ।

लटिनाथ मावि देशभरीका अग्रणी शैक्षिक संस्थाहरुको सूचीमा पर्दछ । यस विद्यालयले विभिन्न सयममा राष्ट्रिय पुरस्कार समेत पाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्