पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्