झ्याप्प झ्याप्प बत्ती गइरहने कारण के हो? लोडशेडिङ फेरि हुन लागेको हो?

काठमाण्डौँ उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्। एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टा भन्दा बढी समय बत्ती जाने गरेको गुनासो सामाजिक सञ्जालहरूमा उपभोक्ताहरूले पोस्ट गर्ने गरेका छन्।

कतिपयले १८ घण्टाभन्दा बढी लोडशेडिङको मार खेपिसकेको नेपाल पुनः त्यही बाटोमा फर्कन लागेको हो की भन्ने किसिमका आशङ्का पनि व्यक्त गरिरहेका छन्।
तर नेपाल विद्युत् प्राधिकरणले भने पछिल्लो समय उत्पन्न भएको अवस्था र लोडशेडिङबीच सम्बन्ध नरहेको जनाएको छ। देशमा हाल विद्युत् उत्पादनको अवस्था ’’राम्रो रहेको’’ र भारतबाट गरिँदै आएको आयात समेत ’’घटेको’’ प्राधिकरणको भनाइ छ ।

काठमाण्डौमा हाल त्यसरी बत्ती जानुको कारणमध्ये एक भक्तपुर – बानेश्वर – पाटन ६६ केभी प्रसारण लाईको क्षमता अभिवृद्धि आयोजना रहेको अधिकारीहरूको भनाइ छ। हाल भक्तपुरको कटुन्जे – बानेश्वर ६६ के भी प्रसारण लाइन खण्डको पुरानो तथा जीर्ण कन्डक्टर बदल्ने कार्य भइरहेको र प्रत्येक दिन त्यसैका कारण बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त प्रसारण लाइन बन्द गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

’’धेरै पुरानो प्रसारण लाइन रहेछ। पट्क पटक समस्या आउने हुँदा कन्डक्टर फेर्ने क्रममा वरपरको लाइन बन्द गर्नुपर्ने हुन्छ,’’ उनले भने। लगनखेल र लुभु लगायतका स्थानहरूमा स्थित फीडरहरू त्यसबाट प्रभावित भएको उनले जानकारी दिए।

त्यसबाहेक सडक विस्तारका क्रममा वितरण लाइन स्थानान्तरण गर्नुपर्दा पनि समस्या परेको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्