पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ७५ जनाको परीक्षमा जम्मा ३ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्