गोकुलेश्वर अस्पतालमा डाक्टर पदपूर्ति तथा एम्बुलेन्सको माग गर्दै शैल्यशिखरका मेयर स्वास्थ्य मन्त्रालयमा

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालाको लागि सुविधा सम्पन्न एम्बुलेन्सको माग गरेको छ । बुधबार नगर प्रमुख अमरसिँह धामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कोभिड–१९ को संक्रमण समेत सर्वव्यापी रुपमा फैलिरहेको अवस्थामा गोकुलेश्वर अस्पतालालाई सुविधा सम्पन्न एम्बुलेन्स आवश्यक रहेको राज्यमन्त्री उमेश श्रेष्ठलाई अनुरोध गर्नुभयो ।

एक पत्र हस्तान्तरण गर्दै मेयर धामीले अस्पतालमा नवौँ, दशौँ तहको मेसु डाक्टरको दरबन्दी रिक्त रहेको समेत अवगत गराए । गोकुलेश्वर अस्पतालका विरामीहरु धनगढी, महेन्द्रनगर तथा भारत तिर रेफर गर्न एम्बुलेन्सको आवश्यकता रहेकोले यस अवस्थामा विरामीका आफन्तले चर्काे शुल्क तिरेर नीजि सवारी साधनको प्रयोग गर्नुपर्ने बाध्यता रहेकोले यसतर्फ ध्यानाकर्षण गराएको थियो ।

यसैगरी डाक्टर परिपूर्ति तथा जोखिम भत्ताको लागि समेत अनुरोध गरेको छ । १५ शैयाको गोकुलेश्वर अस्पतालमा हाल दरबन्दी अनुसार डाक्टर नभएको र कार्यरत डा. गोमा धामी र डा. भगत चौरसिया सरकारको छात्रवृत्तिमा अध्ययनरत रहेकोले डाक्टरको समेत अभाव रहेको प्रष्ट पारेका थिए । यसैगरी अस्पतालका कर्मचारी तथा अन्य स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता वापत लकडाउनको अवधिमा हुन आउने १ करोड १५ लाख १३ हजार ४ सय ८० रुपैया समेत माग गरेको नगर प्रमुख धामीले बताए । यस विषयमा राज्यमन्त्री श्रेष्ठले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्