बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ ।
बेदकोट नगरपालिकाको वडा नं. १ बाट नापी सुरुवात गर्ने र श्रावण २२ गतेदेखि ५ वटा वडाहरुमा नापी गर्न ५ वटा नापी टोली पठाउने निर्णय गरेको नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।
यहि श्रावण मसान्तसम्म बेदकोटका १० वटै वडामा १० वटा नापी टोली वडामा पठाएर नापी गर्ने र २०७८ साल कार्तिक महिना भित्र नापजाँच गरिसक्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्