पूर्वयुवराज पारस शाह र प्रहरीबीच भनाभन (भिडियो सहित)

काठमाडौँ – पूर्वयुवराज पारस शाह र प्रहरीबीच भनाभन भएको छ । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाह र प्रहरीबीच भनाभन भएको हो ।

हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो । पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ । पारस समर्थकसहित देखिएका थिए । भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले ‘जान्न’ भनिरहेका थिए । पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेट विनानै देखिने गरेका छन् ।

वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए ।

भिडिओ सञ्चारकर्मी गणेश बुढाको फेसबुकबाट लिइएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्