मकरीगाडमा १० मेगावाट क्षमाताको जलविद्युत आयोजनाको शिलान्यास, २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य

दार्चुला – अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलन्यास गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युतलाई मकरीगाड हाइड्रोपावर प्रा.लिले २७.२ किलोमिटर लामो ३३ केभी मकरीगाड–बलाँच विद्युत प्रसारण लाईन निर्माणगरी बलाँच सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने आयोजनाका निर्देशक किर्ति चन्द ठाकुरले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकाको खात्ती नजिक मकरीगाडमा सानो बाँध निर्माणगरी मकरीगाडको १.३५ घनमिटर पानी फर्काएर ३.३ किलोमिटर लामो फलामे पेनस्टक पाइपमार्फत अपिहिमाल–५ स्थित मकरीगाडको दाया तर्फको किनारमा निर्माण गरिने विद्युत गृहमा जडान हुने दुई वटा टर्वाइन र जेनेरेटरमा ९ सय २४ मिटर जलचापबाट १० मेगावाट विद्युत उत्पादन गरिने चन्दले बताउनुभयो ।

मकरीगाड हाइड्रोपावर प्रा.लिले निर्माण गरिरहेको उक्त आयोजना दुई अर्ब ५ करोड रुपैया लागतमा दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्