कैलालीको गौरीगंगा नगरपालिकामा अपी सैपाल एकता समाज गठन

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्दै आएका समुदायलाई एक बनाउने उदेश्य रहेको समाजका नवनियुक्त अध्यक्ष मदन राज जोशीले बताउनुभयो ।

समाज गठन गरि भाषा, भेषभुषा, रितिरिवाजको संरक्षणको लागि काम गर्ने समाजका उपाध्यक्ष प्रेम जोशीको भनाई रहेको थियो ।

कार्यक्रममा दार्चुला, बैतडी, बझाङका नगर भित्र रहेका सम्पुर्ण समुदायको उपस्थितिमा समाजको गठन गरि नयाँ कार्य समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मदनराज जोशी (बझाङ), उपाध्यक्षमा प्रेम जोशी( दार्चुला ), उपाध्यक्ष जसमन बोहरा (बझाङ) सचिब बिनौद बोहरा (बैतडी) सह- सचिब रबिन्द्र मल्ल( बझाङ) कोषाध्यक्ष पार्वती बुढाऐर ( दार्चुला) का सदस्य रहने गरि १३ जनाको समिति गठन गरिएको छ ।

अबको केही समय भित्र यस नगरका ११ वटै वडामा वडा समिति गठन गर्ने यश समाजलाई नगरभरिको नमुना समाज बनाउने र काम गर्ने सचिब बिनौद बोहराको भनाई रहेको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रबाट योगदान पुगाउन सफल ब्यक्ति श्री राष्ट्रिय क्याम्पस प्रमुख कर्ण भण्डारीको प्रमुख आथित्यामा आयोजित कार्यक्रममा श्री जनप्रिय मा वि का प्रध्यापक धनि दत्त भटृ , सुर्य लाईफ इन्स्योरेन्स सुखड् शाखा प्रमुख धन बहादुर घामी, गौरीगंगा शिक्षा शाखामा प्रास लक्ष्मण जाग्री, ईलाका प्रहरी कार्यालय मसुरिया प्रमुख गोपाल कार्की समाजसेबी हरुको कार्यक्रममा बिशेष उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्