ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाण्डौ – ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीहरूले सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्नुपर्ने व्यवस्था गरेकाे छ । वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

कोभिड महामारीका कारण विदेशी पर्यटकको आवतजावतमा कमी रहेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ महामारीका कारण पूर्ण प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको छ ।

यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भनेर बैंकले वार्षिक तलबी बिदा लिने कर्मचारीले अनिवार्य आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरेको हो ।

३०० भन्दा बढी शाखा रहेको ग्लोबल बैंक भरपर्दाे, विश्वासिलो बैंकको रुपमा चिचिन्नछ । नेपाल राष्ट्रबाट क बर्गको इजाजत प्राप्त यस बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत रहेका छन् । यो बैंकको शाखा ग्रामिण देखि शहरसम्म सबै ठाउँमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्