जसपा विवादमा कार्यकारिणी सदस्यलाई सनाखत गर्न आयोगले बोलायो

काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको जानकारी दिए ।

सदस्यलाई साउन ११ गते ११ बजे आयोगमा बोलाइएको उनले बताए । सनखत लागि आउँदा सक्कल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुँन भनिएको प्रवक्ता श्रेष्ठले बताए । सनाखत पछि विवाद टुंग्याउने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्