सवारी कर तिर्नु छ ? अब लाईन हैन विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ !

काठमाडौं – भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए । महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्