एक हजार ८५५ सङ्क्रमण पुष्टि, दुई हजार ७१४ सङ्क्रमित निको

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार १२२ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो यस्तै तीन हजार ७०७ जनामा गरिएको एन्टीजेन परीक्षणमा ८५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७१४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६६१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्