‘बैंक आउन नसक्नेका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन लागि हतार नगर्न आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् । बैंक आउन नसक्नेका लागि घर–घरमा पुगेर विगतमा पनि भत्ता वितरण गरिएको र अझ पनि साही अनुसार टोल–टोलमा गई भत्ता वितरण गरिने जानकारी दिएका छन् । घरघरमै आएर भत्ता वितरण गरिने र कसैलाई पनि नआत्तिन अध्यक्ष शेर्पाले आग्रह समेत गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हेलम्बु गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताको विषयमा सामाजिक संजालमा तस्बिर देख्दा दुःख लागेको छ । गाउँ पालिकाले यो भन्दा पहिले पनि बैंक आउन नसक्नेहरुको लागि घर घरमा पुगेर खाता खोल्ने कार्य र भत्ता दिने काम भएको सबैलाई जानकारी नै छ । सोही अनुसार अहिले पनि बैंकलाई समबन्धित वार्ड सँग समन्वय गरेर घर घरमा पुराउने ब्यवस्था मिलाएकोमा कसैलाई जानकारी नभएर बैंकसम्म बोकेर ल्याएको प्रति हेलम्बु गाउँ पालिका अत्यन्तै सम्बेदनशील छ । यस्तो कुरा जानकारी हुने साथीहरूले आफ्नो टोलटोलमा खबर गरि ८० बर्ष माथीका केहि कारणले बैंक सम्म आउन नसक्ने हरुलाई घरमा घरमा मै पुराउने ब्यबस्था भएको र हतारमा बोकेर बैंकमा पुराउने काम नगर्नु हुन सम्पुर्ण हेलम्बुबासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरुमा मेरो सादर अनुरोध छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्