फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौँ – कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्