उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे छलफल हुने

File Photo

काठमाडौँ – काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्न लागेका छन् । आज अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी छ ।

काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने बुझिएको छ । बस सञ्चालन गर्दा जोर–बिजोरमा गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ । कोरोना जोखिम कम नभएकोले भिडभाड गरिहाल्न नहुनेमा सचेत हुनुपर्ने प्रजिअहरूको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्