कञ्चनपुरमा भान्जाको कुटाईबाट मामाको मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए ।

बुधबार राति लुहारकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई कुटपिटगरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ । छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्