नौगाडमा बाढी तथा पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई २० हजार उपलब्ध गराईने

काठमाडौँ – दार्चुलाको नौगाड नगरपालिकाले बाढी तथा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई किरिया खर्च बाफत प्रति परिवार रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
आईतबार गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । बैठकले बाढी तथा पहिरोमा परि पूर्ण रुपमा घरहरु क्षति भएका परिवारलाई अस्थायी बसोबास मिलाउन प्रति परिवार रु पन्ध्र हजार उपलब्ध गराउने समेत निर्ण गरेको छ ।

असार महिनाको बिभिन्न समयमा नौगाड गाउँपालिका अन्तर्गत सडक, खानेपानी योजना, बाटाघाटा, झोपु तथा आरसिसि पुल, पानी घट्ट, लघु जलविद्युत लगायत थुप्रै भौतिक संरचनाहरु बाढी तथा पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ । क्षति भएका ठाउँहरुमा पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अन्य सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साथै बाढीपहिरोका कारण बगाएका पुलहरुको ठाउँमा काठेपुल र बाटाघाटा सम्बन्धित वडा तथा गाउँपालिकाले यथासिघ्र आवश्यक्ता अनुसार निर्माण गर्ने पनि गाउँपालिकाले् बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्