राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा

विश्वव्यापी महामारी कोरोना चलिरहेको कुरा सर्वविदितै छ। यस महामारीको अवस्थामा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ। यस परिस्थितिमा सरकारको चरम लापरवाही गरिरहेको छ एवम शिक्षा मन्त्रालयको आधिकारिक धारणा समयमै नआउँदा विद्यार्थीहरुको मानसिक अवस्थामा पनि नकारात्मक असर परेको छ।विद्यार्थीहरुको भविष्यलाई सूनिश्चित गर्दै शैक्षिक सत्रलाई असर नपर्ने गरी समय अनुकुल विधिबाट परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्ड असफल भएको छ, आज सम्म पनि राष्ट्रिय परीक्षा बोर्ड पर्ख र हेर कै अवस्थामा छ ।

परीक्षा सञ्चालन को लागि कार्यविधि बनाउन गठित कार्यदलले कार्यविधि बुझाएको १ महिनाभन्दा बढी भएको छ तैपनि न त शिक्षा मन्त्रालय न त राष्ट्रिय परीक्षा बोर्डले आधिकारिक निर्णय अघि सारेको छ । छिमेकी देश भारतमा कक्षा १२ को परीक्षा अन्तरीक मूल्यांकन बाट गर्ने निर्णय गरेको छ तर राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डले एउटा ठोस निर्णय लिन सकेको छैन​ । लामो समय देखिको लकडाउन पछि लामो, छोटो दुरीका यातायात सञ्चालनमा आएका छन् ।

सरकारले एक कोठा मा २५ जना विद्यार्थी राखेर परीक्षा गराउन निर्देशन दिएको छ तर सार्वजनिक यातायात प्रयोग गरेर परीक्षा केन्द्र सम्म पुग्ने विद्यार्थीहरुको जिम्मा कसले लिने त ? सार्वजनिक यातायात मा दोब्बर भाडा छ सिट भन्दा बढी यात्रु छन् त्यसबाट कोरोना विद्यार्थीहरुमा फैलने कोरोना को जिममेवारी कसले लिने ? यदि यस्तै अवस्था मा बिना ठोस निर्णय र नियम बिना परीक्षा गर्ने हो भने विद्यार्थीहरुको परीक्षाको नतिजा नेगेटिभ र कोरोना रिपोर्ट पोजिटिभ देखिने निश्चित छ ।

* No vaccine No exam*

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्