कोरोनाविरूद्धको खोपको अभाव हुदैन : प्रधानमन्त्री

File Photo

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन् । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू उनले बताए ।

आइतबार बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उहाँले चीनबाट पनि खोप आइरहेको र अमेरिकाबाट पनि भोलि खोप आउने भएकाले अभाव नहुने बताएको हो । बिहान प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेको हो ।

वीर अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले कोभिड–१९ महामारीका बाबजुद अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्