पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले गरे आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् ।

आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने निर्णय भएको उनीहरूको भनाइ छ । यस्तै असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमार्फत् विद्यार्थी संगठनहरूले जानकारी दिएका छन् ।

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन् । साथै उनीहरूले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्