हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि गञ्जला पासको डिपीआर सम्पन्न

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रर्यटन प्रबर्द्धनकालागि गञ्जला पासको डिपिआर गरिएको छ ।
बाग्मति प्रदेशले प्रर्यटन प्रबर्द्धनका लागि सो क्षेत्रको डिपिआर गरेको पर्वतीय पथ प्रदर्शक सोनम लामाले जनाकारी दिए । उनका अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा जीईएस कन्सल्टेन्सीले केहि दिन अगाडी सो क्षेत्रको डिपीआर सम्पन्न गरेको हो । लामटाङबाट गञ्जला पास हुदै हेलम्बुका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्न यो रुट उत्कृष्ट गन्तव्य हुने लामाले उपहार खबरलाई जानकारी दिए । यस रुटमा अग्ला हिमालहरु, विभिन्न बनस्पति, दुर्लव जीव रेडपान्डा, प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न सकिन्छ । यस अघि हेलम्बु गाउँपालिकाले पनि अपर हेलम्बु सर्किटकको नाम दिएर ट्रेकिङ रुटको अध्ययन गरिसकेको छ । हेलम्बु काठमाडौँबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्