राष्ट्रिय बहिरा महासंघद्वारा सामसुङ गुड भाइब्सबारे विशेष तालिम, के हाे सामसुङ गुड भाइब्स भनेकाे ?

राष्ट्रिय बहिरा महासंघले राजधानीमा सामसुङ गुड भाइब्स सम्बन्धि तीन दिने तालिमको आयोजना गरेको छ । बाहिराहरुले पनि प्रविधिसँग अघि बढ्नुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय बहिरा महासंघले सामसुङको सहकार्यमा तालिमको आयोजना गरेको हो । डेफलाइन संंस्थाका १४ जना सदस्य र अन्य १४ जना अभिभावक समेत गरी २८ जनालाई उक्त तालिम दिएका हो । नदेख्ने, नसुन्ने र नबोल्ने व्यक्तिहरुलाई लक्षित गरि ल्याइएको सामसुङ गुड भाइब्स एप्लिकेशन सञ्चालन तथा प्रयोग सम्बन्धि तालिम दिइनेछ । जसमा विशेष प्रकारको कोड हुनेछ । उक्त कोड मार्फत उहाँहरुले सूचना आदान प्रदान गर्न सक्नेछन । नदेख्नेलाई टक ब्याक, नसुन्नेलाई भिडियो कल मार्फत सूचना आदानप्रदान गर्ने गरिन्छ भने दुबै नहुनेलाई उक्त सामसुङ गुड भाइब्स एप्लिकेशन प्रयोग हुनेछ । जसमा विशेष कोड हुनेछन र उक्त कोड मार्फत गरेका कुराकानी रिसिभकर्ताले अक्षरमार्फत प्राप्त गर्ने गर्दछ । तीन दिन सम्म जारी रहने तालिममा सूचना आदान प्रदान गर्न सहभागिहरु सफल हुने परियोजना व्यवस्थापक सानु खिम्बाजाले जानकारी दिनुभयो ।
उक्त तालिम सामसुङले आयोजना गरेको र डेफलाईन सस्थाबाट सहभागि १४ जनालाई सामसुङले निशुल्क एन्ड्रोइड मोबाइल समेत वितरण गरेको छ । अन्य सहभागि १४ जना अभिभावकले उक्त तालिम सिकेर कुनै नयाँ ठाउँमा गएर तालिम दिन सक्षम हुने राष्ट्रिय बहिरा महासंघले जनाएको छ । उक्त तालिमको बुधबार उद्घाटन गरिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्