आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत अमेरिकामाथी नेपालको कीर्तिमानी जित

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गत अमेरिकालाई पराजित गर्दै नेपालले कीर्तिमानी जित निकालेको छ ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित ग‍¥यो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा ग‍¥यो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदै नेपाललाई सानदार जित दिलाए ।

योसँगै नेपालले एकदिवसीय अन्तर्रा्ष्ट्रियमा क्रिकेटमा तेस्रो सर्वा्धिक छिटो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भयो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्